१६ चैत्र २०८०, शुक्रबार

बाल—बालिकाहरूको लागि निशुल्क डिजिटल एप सार्वजनिक



टीकापुर । कोरोना भाइरसको कारणले लाखौँ बाल—बालिकाहरू पढ्नुमा बञ्चित भइरहेका बेला फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट)कम्पनिले निशुल्क नेपाली वर्णमाला डिजिटल एप गुगल प्ले स्टोरमा सार्वजनिक गरिएको छ । साथै यो एपमा बाल—बालिकाहरूको लागि जनचेतनामूलक कोरोना भाइरस सङ्क्रमण हुनबाट कसरी जोगिने भनेर सन्देश पनि राखिएको फेस्ट कम्पनिका अध्यक्ष धिरेन्द्र चन्द सोडारीले जानकारी दिए ।

नेपाली वर्णमाला नेपाली बाल–बालबालिकाहरूको लागि तयार पारिएको नेपाली डिजिटल एप हो । यो एपले बाल—बालिकाहरूको बौद्धिक तथा मानसिक विकासका लागि तयार पारिएको पाठय्क्रम एप हो । खेल तथा मनोरञ्जनमा पनि यो एपले बौद्धिक विकासमा झन सहज पुग्ने जनाइएको छ ।

यस एपमा भिडियो मार्फत तथा विभिन्न किसिमका मनोरञ्जनात्मक गतिविधिद्धारा बाल—बालिकाहरूको ध्यान केन्द्रित गराई, बाल—बालिकाहरूको समय मानसिक तथा बौद्धिक विकासमा लगाउने अपेक्षा गरिएको छ । नेपाली वर्णमाला एप नेपालीमा प्रस्तुत गरिएको छ, साथै यो एप समय समयमा अपडेट गर्दै नेपाल रैथाने मौलिक भाषामा पनि बनाइने फेस्ट कम्पनिका संस्थापक तथा सिइयो विक्कि महतले जानकारी दिए । साथै यो एपमा प्रत्येक हप्ताको एक पटक अपडेट हुनेछ । नेपाली वर्णमालामा सात सूचीहरू समावेश गरिएका छन । नेपाली व्यन्जन वर्ण, नेपाली स्वर वर्ण, चित्र बनाऊ, नेपाली संख्या, दिमागी खेल, नेपाली दूरदर्शन, ध्वनीदर्शन समावेश गरिएको छ ।

फेस्टमा विभिन्न क्षेत्रसंग सम्बन्धित सफ्वेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेशन बनाउने, आइटी सम्बन्धी जुनसुकै काम परामर्श र इन्टनसिप र जागिरको व्यवस्था पनि गरिरहेको छ । फेस्ट कम्पनिले प्रविधिको क्षेत्रमा विगत ६ वर्ष देखि निरन्तर रुपमा सरकारी तथा गैरसरकारी संस्थाहरुमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेक संस्थापक पवन भट्टले जानकारीे दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार