२० बैशाख २०८१, बिहीबार

थप नौ जनामा कोरोना पुष्टि



धनगढी । सुदूरपश्चिममा थप नौ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा प्रदेशमा दुई महिला र सात पुरुष गरी नौ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै प्रदेशमा संक्रमितको संख्या दुई सय ६४ पुगेको छ ।

आईतबार परिक्षण गरिएका मध्ये डोटीका चार, अछामका तीन र कैलालीका दुई जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालले संक्रमितकाे जिल्ला र उमेर उल्लेख गरेपनि स्थानीय तहकाे नाम भने खुलाएकाे छैन । अस्पतालका अनुसार अछामका २३, ३१ र २७ वर्षिय पुरुष, डोटीका २८, ३७ र ३० वर्षिय पुरुष तथा २१ वर्षिय महिला, कैलालीमा दुई ४६ वर्षिय पुरुष र दुई वर्षिय महिलामा कोरोना पुष्टि भएको हो ।

योसंगै कैलालीमा ८४, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, बाजुरामा २१, बझाङमा १५, डोटीमा १३, बैतडीमा ६, दार्चुलामा १२ र अछाममा १९ संक्रमित पुगेका छन । प्रदेशमा कोरोनाका दुई जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार