१७ बैशाख २०८१, सोमबार

प्रधानसेनापति र सशस्त्रका महानिरीक्षक दार्चुलाको छाङ्गरूमा



दार्चुला । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङ्गरू पुगेका छन् । बुधबार बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीले बनाएको बोर्डर आउट पोष्ट (बिओपी) र सेनाको अस्थायी बेस निरीक्षण गरेका छन् । दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो । साथै, दुबै प्रमुखले सेनाले बनाउँदै गरेको दार्चुलादेखि तिंकरको बाटोको निरीक्षण समेत गरेको दार्चुलाका सहायक सिडिओ टेकसिंह कुँवर जानकारी दिए ।

तिंकरमा बनाउने भनेको बाटो निरीक्षण गर्न सेनाका प्रमुख आउनुभएको छ, उनले भने, निरीक्षण गरिसक्नु भयो । अब प्रमुख जिल्ला अधिकारीसँग बसेर छलफल हुनेछ । उनका अनुसार छलफल सकिए लगत्तै उनीहरू त्यहाँबाट फर्किने छन । वुधवार साँझ धनगढी वसेर विहीवार उनीहरु काठमाण्डौं फर्किने छन् । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार