१७ बैशाख २०८१, सोमबार

स्यानिटाइजर उत्पादनसम्बन्धी तालिम



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा महिलाहरूलाई ह्याण्ड स्यानिटाइजर निर्माण सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

‘बजार माग अनुसारको वस्तु उत्पादन’ अन्र्तगत सभा नेपाल, फिल्ड कार्यालय कैलालीको आयोजना तथा यूएन वुमन÷च्यानल फाउण्डेशनको सहयोगमा दुई दिने ह्याण्ड स्यानेटाइजर निर्माण सम्बन्धी तालिम बुधाबारदेखि सुरु भएको छ ।

तालिममा धनगढीका विभिन्न स्थानका २५ जनाको सहभागिता रहेको छ । संस्थाले १२÷१३ जनाको सहभागिता गराई दुई समुहमा तालिम प्रदान गरिरहेको सभा नेपालका जिल्ला संयोजक दलबहादुर ओलीले बताए ।

तालिमको उ्दघाटन गर्दै धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले भनिन–उपमहानगरपालिकाभित्रै एउटा ह्याण्ड स्यानेटाइजर, मास्क लगायतका उत्पादन गर्ने कम्पनी स्थापना गर्ने नीति तथा कार्यक्रममै उल्लेख गर्ने सोच बनाएको छ ।

उनले अहिले स्वदेशमै यस्ता खालका उत्पादन नहुँदा बाहिरबाट खरिद गरेर आपुर्ति गर्नुपर्ने अवस्था रहेको बताइन । उनले भनिन– यतै उत्पादन गर्न सके यहाका मानिस रोजगार पनि गर्न सकिन्छ र बाहिर जाने रकम पनि रोक्न सकिन्छ ।

धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख टंक विष्टको अध्यक्षतामा भएको कार्यक्रममा सभा नेपालका जिल्ला संयोजक दलबहादुर ओलीले संस्थाले धनगढी उपमहानगरपालिका, गोदावरी र गौरिगंगा नगरपालिकामा काम गरिरहेको जानकारी दिए । उनका अनुसार संस्थाले एक सय ७५ महिलालाई मास्क, पिपिइ, ह्याण्ड स्यानेटाइजर र सावुन उत्पादन गर्ने तालिम दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार