२२ बैशाख २०८१, शनिबार

सेनाले व्यवस्थापन गर्यो कारोना संक्रमितको शव



धनगढी । कोरोना संक्रमणका कारण बुधबार बेलुका सेती अस्पतालमा मृत्यु भएका पुरुषको शव सेनाले ब्यबस्थापन गरेको छ । 

मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । 

उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कार अनुसार मृत्यूपछिको कर्मकाण्ड पुरा गरी आफन्त संगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शवको व्यवस्थापन गरिएको हो । मृतकको शव व्यवस्थापन गर्ने क्रममा सेनाका तोकिएका व्यक्ति बाहेक मृतकका आफन्तले टाढैबाट हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार