३ जेष्ठ २०८१, बिहीबार

सुदूरपश्चिममा थप १२६ कोरोना संक्रमित



धनगढी । सुदूरपश्चिममा सोमबार थप १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली स्वास्थ्य प्रतिष्ठान, चितवन प्रयोगशाला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र सेती प्रादेशिक प्रयोगशालामा गरेको परीक्षणमा १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सुदुरपश्चिममा कोरोना संक्रमितको संख्या २४३५ पुगेको छ ।
धनगढीमा भएको परीक्षणमा १६ महिला र ११ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । उनका अनुसार डोटीको पुर्वीचौकी गाउँपालिकाका नौँ, केआइसिंका तीन जना, आदर्शका तीन जनामा कोरोना संक्रमण देखिएको छ ।
कैलालीको भजनीका पाँच, बैतडीको दशरथ चन्दका तीन, बाजुराको त्रिवेणीका दुई र डडेल्धुराको परशुराम नगरपालिकामा दुई जनामा कोरोना पुष्टि भएको उनले बताए । यस्तै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार शिक्षण अस्पतालमा भएको परीक्षणमा बाजुराका २० महिला र ४६ पुरष गरी ६६ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भएको परीक्षणमा बाजुरा जिल्लाकै ८ महिला र २४ पुरष गरी ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य ता जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
अहिलेसम्म सबैभन्दा बढि कैलालीका छ सय सात जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाजुराका चार सय १६, डोटीमा चार सय २५, कञ्चनपुरमा तीन सय जना, डडेल्धुरामा दुई सय २८, बैतडीमा दुई सय १७, अछामका एक सय ३९, बझाङमा ७९ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ।
पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भइसकेको छ भने तीन सय ६७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार