२ जेष्ठ २०८१, बुधबार

पत्रकार तेजबहादुर मृत्युको घटना रहस्यमय रहेको ठहर गर्दै अनुसन्धानको गर्न माग



धनगढी । नेपाल पत्रकार महासंघ सुदूरपश्चिमले डोटीका पत्रकार तेजबहादुर खड्का मृत्युको घटना रहस्यमय रहेको ठहर गर्दै अनुसन्धानको गर्न माग गरेको छ । महासंघका महासचिव योगेश रावलद्धारा जारी विज्ञप्तीमा घटना रहस्यपूर्ण रहेकाले अनुसन्धानको माग गरिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ डोटीले पनि विज्ञप्ती मार्फत घटनाको अनुसन्धान गर्न माग गरेको छ । ‘कङ्कालसँगै भेटिएका परिचय पत्र लगायतका केही सामाग्री लामो समयसम्म पनि दुरुस्तै देखिनुले घटना रहस्यमय भएको ठहर गर्दै मृतक खड्काको घटनाका बारेमा गम्भिर अनुसन्धानको माग गर्दछौँ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।

महासंघले मृतक खड्काका परिवारलाई सहयोग गर्न समेत माग गरिएको छ । खड्का २०७५ भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्किने क्रममा बर माग्ने डाँडाबाट सम्पर्क विहीन भएका थिए । गत वर्षको मंसीरमा भेटिएको कंकाल उनकै भएको नेपाल प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार