२ जेष्ठ २०८१, बुधबार

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरिएको छ ।

धनगढी उपहानगरपालिका वडा नम्बर १४, १८ र १९ मा रहेका अपाङ्गता भएका व्यक्तिहरुमध्ये शनिबार ५० जनालाई सहायक सामग्री वितरण गरियो ।

अपांगता भएका ब्यक्तिहरूको अवस्था अध्ययन तथा सहायक सामग्री नापजाँच कार्यक्रम पछि करिब तीन लाख रुपैया मूल्यको सहायक सामग्री वितरण गरिएको अपांगता क्षेत्रमा कार्यरत अधिकारकर्मी नन्दराज भट्टले बताए ।

सहायक सामग्री नापजाँच जुरि नेपाल र दलित कल्याण समाज संघ कैलालीको सहयोगमा गरिएको थियोे भने सामग्री सहयोग फुलवारी अपांग संघको आयोजनामा भएको थियो ।

अधिकारकर्मी भट्टका अनुसार ३४ जनालाई ह्विचियर, छ जनालाई वाकर तथा १० जनालाई बैशाखी वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार