२२ बैशाख २०८१, शनिबार

व्यक्तीले होइन नीति र पद्धतिले पार्टी चलाउ भन्दै नेकपाका युवाहरुको धर्ना




धनगढी । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) युवाहरुले व्यक्तीको होइन नीति र पद्धतिले पार्टी चल्नु पर्ने माग राख्दै कैलालीमा धर्ना शुरु गरेका छन् ।


सो पार्टीको सुदूरपश्चिम प्रदेश कार्यालयको ढोकामा सोमबार धर्ना शुरु गरिएको सो पार्टीका कैलाली जिल्ला कमिटी सदस्य विमलकुमार जोशीले बताए ।

धर्नामा सो पार्टीमा क्रियाशिल विभिन्न कमिटीमा रहेका युवा, विद्यार्र्थीहरुको सहभागिता छ ।

हाम्रो धर्ना नीति र पद्धति कायम गर्दै पार्टी एकता कायम राख्न दवाव सिर्जना गर्नलाई हो जोशीले भने ।

उनले यस्तो कार्यक्रमले नेतालाई एकता कायम राख्न र नीति पद्धतिबाट चल्न खवरदारी हुने विश्वास पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार