२२ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा कोरोनाः १३ जना नयाँ संक्रमित थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा धनगढीस्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा डडेल्धुराका पा“च जना र धनगढी भएको परिक्षणमा कैलालीका आठ जना गरि १३ जनामामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका कैलालीका थप आठ जनामा धनगढी उप–महानगरपालिका वडा नम्वर २ का २५ बर्षीय युवक, वडा नम्वर ३ का ३३ बर्षीय युवक, वडा नम्वर ७ की ३३ बर्षीय महिला, वडा नम्वर १२ का ५२ बर्षीय पुरुष, सोही वडाका ४८ बर्षीय पुरुष, वडा नम्वर १४ की ३५ बर्षीय महिला, सोही वडाका २२ बर्षीय युवक रहेका छन् ।

यस्तै गोदावरी नगरपालिका वडा नम्वर १० की ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा तीन हजार छ सय ९१ संक्रमित छन् भने डिस्चार्ज हुनेको संख्या छ सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार